Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरश्रवण शक्ति कम भएका व्यक्तिका लागि दोभासे सेवा

श्रवण शक्ति कम भएका व्यक्तिका लागि दोभासे सेवा

खोटाङ, २० मङ्सिरः श्रवण शक्ति कम भएका व्यक्तिका लागि खोटाङमा दोभासे सेवा सुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा सुरु गरिएको हो । श्रवण शक्ति कम भएका व्यक्तिलाई जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा लिन कठिनाइ भएकाले उनीहरूलाई दोभासेको सहयोगमा सहज रूपले सेवा उपलब्ध गराउने व्यवस्था गरिएको अपाङ्ग सेवा सङ्घ खोटाङका अध्यक्ष उमेशचन्द्र आचार्यले जानकारी दिनुभयो । “दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कुनै पनि सेवाप्रदायक निकायमा दोभासेको व्यवस्था थिएन । यसले गर्दा श्रवण शक्ति कम भएका सेवाग्राही मारमा परिरहेका छन्”, उहाँले भन्नुभयो, “श्रवणशक्ति कम भएकाका लागि महासङ्घ कोशी प्रदेशले एकजना कर्मचारी उपलब्ध गराएको छ । यसले सेवाग्राहीलाई सहज हुने अपेक्षा गरेका छौँ ।” दोभासे सेवाका लागि तत्काललाई अपाङ्ग सेवा सङ्घ खोटाङ र करुणा फाउण्डेसनमाफर्त सम्पर्क गरेर सेवा लिने÷दिने व्यवस्था मिलाइको छ । यस कार्यको प्रचारप्रसार गरी स्थानीय तहसँग सहकार्य गरेर सहज रूपमा सेवा उपलब्ध गराउने काम तीव्र गतिमा अगाडि बढाइएको दोभासे पूजा दाहालले बताउनुभयो । यही मङ्सिर–१८ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर औपचारिक रूपमा सुरुआत गरिएको यस सेवाअन्तर्गत दाहालले जिल्लास्थित दशवटै स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने जनाइएको छ । यो सेवा विसं २०८२ असार–३१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङकअनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा चार हजार नौ २२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् । जसमध्ये ५३२ जना श्रवण शक्ति कम भएका व्यक्ति रहेका छन् । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments