Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबररामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला सम्पन्न

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला सम्पन्न

धनुषा, १८ मङ्सिरः श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सम्पन्न भएको छ । महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार उक्त लीला सम्पन्न भएको हो । त्रेतायुगमा मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार जनकपुरधाममा आयोजना गरिएको धनुष यज्ञमा सहभागी हुन अयोध्या नरेश दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीराम, लक्ष्मणसहित गुरु विश्वामित्र जनकपुरधाम आएका बेला माता सीतासँग फूल टिपिरहेका बेलामा फूलबारीमा जम्काभेट भएको स्मरणमा प्रत्येक वर्ष फूलबारी लीलाको आयोजना गरिँदै आइएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो । जनकपुरधामको ऐतिहासिक महत्वको विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिएको थियो । “यहाँ राम, लक्ष्मण र सीताको प्रतिकात्मक रूपमा त्रेतायुगमा बगँैचामा फूल टिप्न आएका बेला भेट भएको धार्मिक विश्वास छ । त्रेता युगलाई स्मरणीय बनाउन यसप्रकारको कार्यक्रम गरिएको हो”, महन्थ वैष्णवले भन्नुभयो । साताव्यापी विवाह पञ्चमी महोत्सवको आइतबार मङ्सिर १६ गते नगर दर्शन, सोमबार दोस्रो दिन फूलबारी लीला, आज धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिन्छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments