Thursday, April 30, 2026
No menu items!
Homeनेपाल खबरउपनिर्वाचनः कीर्तिपुरमा मतगणना जारी

उपनिर्वाचनः कीर्तिपुरमा मतगणना जारी

काठमाडौँ, १७ मङ्सिरः कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले चार सय ६४ मतका साथ अग्रता लिनुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५ सहित पछ्याइरहनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ । यस्तै, काठमाडौँ महानगरपालिका वडा नं १६ को पनि मतगणना जारी छ । हालसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रोजिना श्रेष्ठले छ सय ९६ मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकले पाँच सय ३२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले तीन सय ६१, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का लक्ष्मीरत्न महर्जनले तीनसय ५१ मत, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले एक सय २९ मत प्राप्त गर्नुभएको छ । सो वडाको पनि मतगणना जारी छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments