Thursday, April 30, 2026
No menu items!
Homeनेपाल खबरहिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण

हिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण

भद्रपुर (झापा), १६ मङ्सिर : झापाको भद्रपुर नगरपालिकाले सुक्खा समयमा पशु आहाराका लागि हिउँदे जैँ घाँसको बीउ वितरण गरेको छ । किसानको ५० प्रतिशत लागत साझेदारीमा घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । भद्रपुर नगरपालिका पशु सेवा शाखाका प्रमुख रोहितकुमार कार्कीका अनुसार किसानको मागअनुसार औसतमा पाँच किलो बीउ वितरण गरिएको हो । हालसम्म २५ क्विन्टल बीउ वितरण भइसकेको र १५ क्विन्टल बीउ वितरणको क्रममा रहेको छ । हालसम्म पाँच सयभन्दा बढी किसानले बीउ लगेको प्रमुख कार्कीले बताउनुभयो । “अझै तीन सय किसानलाई जैँ घाँसको बीउ वितरण गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो–“जैँ घाँसले हिउँदको समयमा पशु आहारको कमीलाई पूर्ति गर्नुका साथै यसबाट व्यावसायिक पशुपालकलाई समेत फाइदा पुग्ने छ”, उहाँले भन्नुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments