Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरकांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुने

कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुने

सुदूरपश्चिम, ६ मङ्सिरः गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गर्नुभयो । मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको बताउनुभयो । लोकतन्त्र र संविधानका विरुद्धमा हुने कुनै पनि गतिविधि सैह्य नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो,“प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवैतर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ, अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढको सरकारलाई अब कसैले रोक्न सक्दैन ।”

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments