Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरनिःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

म्याग्दी, २ मङ्सिरः अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताउनुुभयो । चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उहाँले बताउनुभयो । दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए । शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments