Thursday, December 5, 2024
No menu items!
Homeटप-स्टोरी“संघर्षशील जीवन जिउन सिकाउँछ:अष्ट्रेलिया”

“संघर्षशील जीवन जिउन सिकाउँछ:अष्ट्रेलिया”

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको ब्रिस्बेनमामा बसोवास गरिरहनुभएका बिबेक भण्डारीसंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर बुटवल हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ५ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? 
अहिले मैले आफ्नो पढाई सकेर काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ? कुन विषय पढ्नको लागि जानुभएको हो ?
नेपालबाट म मास्टर लेभलको पढाई सकेर अष्ट्रेलिया आएको हो। अष्ट्रेलियामा पनि म मास्टर नै पढ्न आएको हो।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाईले मात्र भविष्य बन्छ भन्ने पनि छैन। पढाईलाई मात्र निरन्तरता दिएर पढ्न सकियो भने नेपालमा भन्दा राम्रो भविष्य बन्छ। पढाई कामलाई संगै निरन्तरता दियो भने केहि भविष्य बन्दैन। आफुले पढ्ने बेलामा पढाईलाई मात्र ध्यान दिन सक्नु पर्छ। अष्ट्रेलिया आएपछि पढाई संगै सबैतिर ध्यान दियो भने केहि भविष्य बन्दैन।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सबै कुरामा सोचेको र देखेकोमा त फरक नै हुन्छ। मैले नेपालमा हुँदा त्यस्तो केहि पनि सोच राखेको थिएन। नेपालमा हुँदा अष्ट्रेलिया बारे सामाजिक संजालमा पनि हेर्ने गर्थे। अष्ट्रेलिया गएपछि त्यस्तो गर्छु त्यस्तो गर्दिन भन्ने केहि नसोचेको हुँदा पनि मैले केहि अनुभव पाएको थिएन।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई काम पाउनको लागि त्यति गाह्रो भएको थिएन। मैले क्याफेबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई भविष्य बनाउनको लागि आफुले कति दु:ख कष्ट गर्नु पर्ने रहेछ भन्ने कुरा सिकाएको छ। अब आफुले के गर्ने कसरि चल्ने सबै आफैले निर्णय गर्नु पर्ने रहेछ। आफ्नो खुट्टामा आफैँ उभिनको लागि कति संघर्ष गर्नुपर्ने हुन्छ भन्ने धेरै कुरा सिकेको छु। यहाँको राम्रो भनेको कामदारले पाउने सेवासुविधा, वातावरण, सुरक्षित जस्ता धेरै कुराहरु छन्। यहाँको नराम्रो भने बढी स्वतन्त्रता, एक अर्काको मतलब नराख्ने गर्छन।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफुमा व्यस्त भएका कारण समावेश हुन्न। त्यसकारण मलाई यसमा खासै केहि अनुभव छैन। समुदायका लिडरहरु म भन्दा पनि धेरै जन्नी बुज्नी हुनुहुन्छ यसकारण म उहाँहरुलाई केहि सुझाव दिन चाहन्न।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
अष्ट्रेलिया आएको १/२ महिना सम्म त धेरै सम्झना आउने गर्छ। आफुले चिनेको जानेको ठाउँ छोडेर अरुको देशमा आउँदा एक्लै भएको जस्तो महसुश हुन्छ। अहिले काममा पनि धेरै व्यस्त हुने भएकोले र दिन दिनै भिडियो कलमा पनि कुरा हुने हुँदा खासै धेरै सम्झना आउँदैन।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
हजुरहरु अष्ट्रेलिया आउँदा धेरै माथिको सोच राखेर नआउनुहोला। जति हामीले अष्ट्रेलिया बारे सामाजिक संजालमा देख्छौ त्यहाँ भन्दा धेरै फरक छ। अष्ट्रेलिया आएर केहि गर्न सजिलो छैन, धेरै दु:ख गर्नुपर्ने हुन्छ। सुरुसुरुमा काम कोठा खोज्न धेरै गाह्रो हुन्छ। आफुले राम्रोसंग बुजेर सोचेर मात्र आउनुहोला। आफुले आफुसंग जस्तो दु:ख परेपनि म हार नखाई अघि बढ्छु भन्ने हिम्मत राखेर मात्र आउनुहोला। उहाँहरुको अभिभावकले बुज्नु पर्ने कुरा भनेको उनीहरुलाई केहि कुरामा दबाब नदिनुहोला। सकेसम्म त सानै उमेरमा विदेश नपठाउनुहोला। अभिभावकले सबै कुरा बुझेर उनीहरुलाई दबाब भन्दा पनि बढी हौसला दिनुहोला भन्न चाहन्छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments