Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरजुम्लामा निःशुल्क कान शिविर

जुम्लामा निःशुल्क कान शिविर

जुम्ला, २९ कात्तिक : सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनुभयो । गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताउनुभयो । पालिकाले अन्य स्थानमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments