Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरकैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा

कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा

गोदावरी (कैलाली), २८ कात्तिकः जिल्लाका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन् । वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् । गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीका अनुसार वर्षाका कारण सो गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मतपछिसञ्चालनमा आएको छ । वडा नम्बर १ भित्र रहेको सडक स्तरोन्नतिका लागि रु आठ लाख ८२ हजार, वडा नम्बर २ स्थित सल्लेखोला–तिल्कनी सडक मर्मत गर्न रु पाँच लाख ८१ हजार, वडा नम्बर ३ स्थित सडकरु तीन लाख ३८ हजारमा मर्मत भएको हो । यसैगरी वडा नम्बर ४ स्थित बैसेनी–खैराला हुँदै निगाली सडक मर्मत तथा स्तरोन्नति गर्न रु नौ लाख ६९ हजार, वडा नम्बर ४ पैराठा–आलुगडा हुँदै रानी भुकुडा सडक मर्मत गर्न रु नौ लाख ६९ हजार लागतमा स्तरोन्नति सम्पन्न भएको छ । गाउँपालिकाका अनुसार वडा नम्बर ४ चौमाला–गर्भा दरबार हुँदै बसैनीसम्म रु नौ लाख ६९ हजार, वडा नम्बर ५ स्थित कृषि सडकको कामका लागि रु आठ लाख ५३ हजार, वडा नम्बर ६ फल्टुडे–गजार जोड्ने सडक स्तरोन्नतिको लागि रु नौ लाख ६२ हजार खर्च भएको छ । गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । वर्षाका कारण अवरुद्ध सडक मर्मत भएपछि आवागमन सहज भएको छ । साथै चुरे गाउँपालिकाका छ वटा वडा सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उहाँले बताउनुभयो । अब यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको चुरे–४ का स्थानीय प्रेम मगरले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments