Wednesday, April 22, 2026
No menu items!
Homeताजा खबरअज्ञात रोगका कारण मर्न थाले पशु चौपाया

अज्ञात रोगका कारण मर्न थाले पशु चौपाया

हुम्ला, २७ कात्तिकः अज्ञात रोगका कारण यहाँका गाउँगाउँमा पशु चौपाया मर्न थालेका छन् । केही दिनदेखि डाँडाफयाँ, थाया, जबुकालगायतका गाउँमा अज्ञात रोगले पशु चौपाया मर्न थालेका हुन् । डाँडाफया गाउँका स्थानीयवासी मन्दिर सिंहका अनुसार एक्कासि गाई, गोरुलगायतका पशुले घाँस खान छोड्ने, मुखबाट -याल निकाल्ने र पिसाबबाट रगत बगेर मर्ने गरेका छन् । जुमा, झोपा, खसीमा पनि यो रोग देखा परेको छ । पशुले -याल काढ्ने, घाँस खान मन नपराउने, हिँड्न नसक्ने लक्षण देखिएको स्थानीयवासीको भनाइ छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्ण रोकायाले अज्ञात रोग लागेको जानकारी प्राप्त भएपछि औषधिसहित पशु प्राविधिक गाउँमा पठाइसकिएको र प्राविधिकले पशु चौपायको रोगबारे बुझिसकेपछि मात्र भन्न सकिने बताउनुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments