Monday, April 20, 2026
No menu items!
Homeताजा खबरअमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते

अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानून प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर आरोपित घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ गरिएको थियो । विश्वविद्यालयले कानून प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ । संयुक्त राज्य अमेरिकामा यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको कम्तीमा चार स य ५४ वटा सामूहिक गोलीबारीमध्ये यो पनि एक हो । गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । सोही दिन मिसिसिपीमा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए । – – –

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments