Saturday, November 2, 2024
No menu items!
Homeटप-स्टोरीअष्ट्रेलियाको ४८५ भिसालाई लिएर विद्यार्थीमा बढेको अन्योलता र रजिस्टर्ड माइग्रेसन एजेन्टका सुझाव

अष्ट्रेलियाको ४८५ भिसालाई लिएर विद्यार्थीमा बढेको अन्योलता र रजिस्टर्ड माइग्रेसन एजेन्टका सुझाव

टेम्पोररी ग्राजुएट (४८५) भिसा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लक्षित भिसा हो। विद्यार्थीले स्टुडेन्ट भिसामा रहेर आफ्नो कोर्स पूरा गरिसकेपछि यो भिसाका लागि एप्लाई गर्न सक्छन्। कोर्स सकेपछि प्राप्त ४८५ भिसामा रहेर अष्ट्रेलियामा बस्ने, पढ्ने तथा काम गर्ने अनुमति हुन्छ।

हाल अष्ट्रेलियामा कोभिड -१९ का कारण लकडाउन छ । जसले गर्दा विद्यार्थीहरुले कोर्स सकेपछि पनि यस भिसाका लागि अंग्रेजी भाषा परिक्षा, पुलिस चेक आदि गर्न पाइरहेका छन्। यही कारण विद्यार्थीहरुमा अन्योल छाएको छ।

विद्यार्थीहरुको त्यो अन्योलतालाई चिर्नका लागि हिमालयन कंगारुले डाँफे कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर तथा रजिस्टर्ड माइग्रेसन एजेन्ट सन्तोष कर्णसंग कुराकानी गरेको छ। यो कुराकानीमा विद्यार्थीहरुको अन्योलतालाई सहज तरिकाले मेटाउने प्रयास गरिएको छ।

१. मैले भर्खर मात्र स्टुडेन्ट भिसामा रहेर कोर्स पूरा गरेको छु। यो कोर्स ४८५ भिसाका लागि मान्य छ। तर अहिले लकडाउनका कारण अंग्रेजी भाषा परिक्षा र मेडिकल जाँच स्थगित छन्। के मैले अब ४८५ भिसाका लागि एप्लाई गर्न पाउँछु ?
यदि अंग्रेजी भाषा परिक्षा र मेडिकल बाहेक अरु कुरामा तपाईं योग्य हुनुहुन्छ भने एप्लाई गर्न पाउनुहुन्छ। गृह विभाग तथा इमिग्रेसनले सुचना जारी गरेका छन् कि, लकडाउनका कारण भाषा परिक्षा र मेडिकल जाँच गर्न नपाएकाहरुलाई अतिरिक्त समय म्याद दिइनेछ। बायोमेट्रिक्सका लागि पनि अतिरिक्त समय हुनेछ। तर तपाईंले त्यसका लागि आफूले बुकिङ्ग लिएको प्रमाण पेश गर्नुपर्छ।

२. मेरो स्टुडेन्ट भिसा छिटै सकिँदैछ तर मैले कोर्स सकिएको लेटर पाएको छैन। के मैले अहिले ४८५ भिसाको लागि एप्लाई गर्ने र पछि कोर्स सकिएको लेटर बुझाउने गर्न पाउँछु ?
४८५ भिसाका लागि एप्लाई गर्नु भन्दा पहिले कोर्स पूरा गरेको हुनुपर्छ र कोर्स सकिएको लेटरमा त्यो प्रष्ट रुपमा उल्लेख भएको हुनुपर्छ। यो अष्ट्रेलिया स्टडीको मापदण्ड हो। यदि यस विपरित भएमा भिसा अस्वीकृत हुन्छ।

३. मेरो कोर्स सकिएको ४ महिना भयो। मैले अर्को अस्थायी भिसाका लागि एप्लाई गरेको छु र हाल ब्रिजिंग भिसा ए मा छु। यस्तो अवस्थामा के मैले ४८५ भिसाका लागि एप्लाई गर्न पाउँछु ?
कोर्स पूरा भएको ६ महिनाभित्र ४८५ भिसाका लागि एप्लाई गर्नुपर्ने हुन्छ। त्यसैगरी हाल ब्रिजिंग भिसा एमा रहेतापनि ४८५ भिसा लिनुभन्दा बढीमा ६ महिना अगाडी स्टुडेन्ट भिसामा रहेको हुनुपर्छ। यदि माथि प्रश्नमा उल्लेखित अवस्थामा तपाईं हुनुहुन्छ, एकपटक इमिग्रेसन लयर र रजिस्टर्ड माइग्रेसन एजेन्टसंग सल्लाह लिनुहोस्।

४. मैले पुलिस चेकका लागि एप्लाई गरेको छु तर रिपोर्ट पाएको छैन। यस्तो अवस्थामा मैले ४८५ भिसाको लागि एप्लाई गर्ने र पछि पुलिस रिपोर्ट बुझाउने गर्न पाउँछु ?
पाउनुहुन्छ। तर तपाईंले पुलिस चेकका लागि एप्लाई गरेको भौचर प्रमाण स्वरुप बुझाउनुपर्छ। साथै पुलिस रिपोर्ट प्राप्त गर्नासाथ बुझाइहाल्नुपर्छ।

५. ४८५ भिसाका लागि सही इन्सुरेन्स कुन होला ?
तपाईंले वर्किङ्ग भिसाका लागि ओभीएचसी कभर लिनुपर्छ। ओभीएचसी धेरै प्रकारको हुन्छ, नन-वर्किङ्ग पनि हुन्छ। त्यसैले इन्सुरेन्सदाता संग तपाईंले सोधेर प्रष्ट हुनुपर्छ।

६. मैले कामका लागि स्टेटबाट पुलिस चेक लिएको थिएँ। ४८५ भिसाका लागि त्यही पुलिस चेकले काम गर्छ कि गर्दैन ?
गर्दैन। ४८५ भिसाका लागि तपाईंले अष्ट्रेलिया फेडरल पुलिस चेकमा नै एप्लाई गर्नुपर्छ। र, त्यसको उद्देश्य इमिग्रेसन या सिटिजनसिप भन्ने प्रष्ट हुनुपर्छ।

७. ४८५ भिसाका लागि आइएलटिएस या पीटिईको मान्यता कति समय सम्म रहन्छ ?
आइएलटिएस या पीटिईको मान्यता सामान्यतया: ४८५ भिसाका लागि गरिएको परिक्षा मितिदेखि तीन वर्षसम्मका लागि रहन्छ।

यो केवल आधारभूत जानकारी हो। विस्तृत जानकारी तथा आफ्नो समस्या समाधानका लागि भने रजिस्टर्ड माइग्रेसन एजेन्टसंग भेटेर नै सुझाव लिन अनुरोध गरिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments