Friday, April 17, 2026
No menu items!
Homeताजा खबरनेप्से परिसूचक २७ अङ्कले बढ्यो

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौँ, १२ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ । कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर रु पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर नौ दशमलव ५४,मेछ्याङ हाइड्रोपावर नौ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ९९ प्रतिशतले कमाएका छन् । यस्तै, पिपल्स वर ६ दशमलव शून्य दुई, कालिञ्चोक दर्शन लिमिटेड चार दशमलव ३५,समृद्धि फाइनान्स कम्पनी तीन दशमलव ९६, विन नेपाल लघुवित्त दुई दशमलव ८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले दुई दशमलव ६३ प्रतिशतले गुमाएका छन् । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments