Sunday, April 19, 2026
No menu items!
Homeनेपाल खबरकृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव

कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव

त्रिवेणी ( नवलपरासी), ११ कात्तिक : ‘आर्थिक विकासको मूल आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश समितिको आयोजनामा नारायणी नदी किनारमा महोत्सव हुने समितिका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । कात्तिक २३ देखि मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवबाट कृषि उत्पादनसहित पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताउनुभयो । महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन र नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महोत्सवमा कृषि उत्पादनको प्रोत्साहनका लागि कृषि क्षेत्र तथा स्थानीय उत्पादनको बजारीकरणका लागि ५० वटासम्म स्टल निःशुल्क उपलब्ध गराइने छ । महोत्सवमा हस्तकला, कृषि, अटोमोबाइल्स, सूचना तथा प्रविधि, औद्योगिक उत्पादन, दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत तीन सयवटा प्रदर्शन एवं बिक्रीकक्ष रहनेछन् । गण्डकी प्रदेशस्तरीय महोत्सवले नवलपुरमा गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा घोषणा गरेको लोकाहा औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका, पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको अध्यक्ष भट्टचनले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments