Sunday, April 26, 2026
No menu items!
Homeताजा खबरविपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री

काठमाडौँ, ७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताउनुभएको भएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उहाँले सडक, पुलजस्ता भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण सवारी साधन आवतजावतमा समस्या भए पनि सरकारको प्रयासमा समस्या समाधान भएको बताउनुभयो । “ठाउँ ठाउँमा सडक भत्किएका थिए, सडक पहिरोले पुरिएका थिए र पुलहरू बाढीले बगाएका थिए, विपद्पछि नेपालीहरूको महान् पर्व बडादसैँ आयो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजधानी आउने÷जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त नागरिक डराएका थिए । सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने उनीहरुमा डर थियो ।” सरकारले ती चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्दै परिणामस्वरूप, राजधानी आउने सडकहरु चालु अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “अब बन्दै बन्दैन भनिएको बिपी राजमार्गमा तत्काल सवारी साधन चल्न सुरु गरे,” उहाँले भन्नुभयो, “यस वषर्को दसैँमा पनि काठमाडौँ छोडेर घर फर्कनेको सङ्ख्या अघिल्लो वर्ष जस्तै करिब आठ लाख १४ हजार पुग्यो । दसैँमा एक लाख ११ हजार सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिए ।” –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments