Monday, April 20, 2026
No menu items!
Homeताजा खबरजनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

तुलसीपुर (दाङ), ६ कात्तिकः तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । “जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।” जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने तरिका, जनतालाई सेवा प्रवाह गर्ने शैली, जनताका आवश्यकता बुझ्न तालिम दिइएको उहाँले बताउनुभयो । उपप्रमुख चौधरी र मेट्रो कलेजका प्रिन्सिपल वसन्त आचार्यले तालिमको सहजीकरण गर्नुभएको हो । सोमबार सम्पन्न तालिममा १९ वटै वडाका जनप्रतिनिधि सहभागी थिए । महिला र पुरुष जनप्रतिनिधि गरी दुई चरणमा तालिम सञ्चालन गरिएको तुलसीपुर उपमहानगरले जनाएको छ । तुलसीपुरका १९ वडामा ७६ वडा सदस्य छन् । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments