Thursday, April 30, 2026
No menu items!
Homeअष्ट्रेलियाअस्ट्रेलियाको चुनावमा निर्वाचन रोलमा नाम दर्ता नभए मौलिक मतदान अधिकार खोसिने :...

अस्ट्रेलियाको चुनावमा निर्वाचन रोलमा नाम दर्ता नभए मौलिक मतदान अधिकार खोसिने : टोनु घोथाने

आगामी जुलाई २९ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचन हुन गैरहेको छ। उक्त निर्वाचनको प्रमाणीकरणका क्रममा यदि कसैले एउटा कार्डबाट ४ जना भन्दा धेरै सदस्यको शुल्क तिरेको पाइएमा बाकि सबै सदस्यको सदस्यता खारेज गरिने भनिएको थियो। यसै कारणले ७५६ जना सदस्यले उक्त निर्वाचनमा मतदान गर्न अयोग्य भएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको जीवन सदस्यहरूमा समावेश भएको ५०० व्यक्तिहरूले पनि एमआईएस प्रणालीमा नाम दर्ता नगरेको कारणले मतदान गर्न गर्न अयोग्य भएका छन्। यसैगरि उनीहरुलाई एमआईएस प्रणालीमा दर्ता गर्नका लागि धेरै पटक इमेलहरू पठाईएको थियो। एमआईएस प्रणालीमा नाम दर्ता गर्नका लागि उनीहरुलाई जुलाई ११ सम्म समय दिईएको थियो।

एनआरएनए अष्ट्रेलिया चुनाव २०२३ मा सहभागी हुने मतदाताहरुको योग्यता अस्ट्रेलियाको कानून, एनआरएनए अस्ट्रेलियाको कानून र निर्वाचन आयोगमा आधारित छ।

टोनु घोथाने भन्छन ,”सबै जनाले यस निर्वाचनमा मतदान गर्न पाएका भए झनै राम्रो हुने थियो तर “फेएर एण्ड ट्रांस्प्यारेन्ट बनाउनको लागि यो आवश्यक छ। “

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments