Tuesday, April 21, 2026
No menu items!
Homeताजा खबरदसैँमा पनि वर्षाको सम्भावना

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौँ, २१ असोजः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताउनुभयो । “यसपटक मनसुन बाहिरिने समय र दसँै एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ यो दसँैमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments