Thursday, January 15, 2026
No menu items!
Homeताजा खबरडुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो

डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो

जलेश्वर (महोत्तरी), १९ असोज : बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ । अविरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार फिट पानी जमेको तथा सोही कारण बडा दसैंको घटस्थापनाको दिन माताको प्रतिमाको अगाडि जमरा पनि राख्न नसकिएपछि आज एका बिहानैदेखि सम्बन्धित सरोकारवाला मिलेर मन्दिरबाट पानी निकालेका हुन् । राजदेवी मन्दिरका पूजारी रामपृत गिरीका अनुसार बाढीको पानीले मन्दिरको गर्भगृह डुबाउनुका साथै प्रतिमा पनि डुबानमा पारेको थियो भने मन्दिर बाहिरका भूभाग पनि जलमग्न बनाएको कारण बडा दसैंको सम्पूर्ण पूजाआजा प्रभावित भएको थियो । पूजारी गिरीले मन्दिर र गुफा दुवै डुबानमा रहेकै कारण मन्दिरको पछाडिपट्टी रहेको खाली भूभागमा पूजा अर्चना गरी राजदेवीको नाउँमा जमरा राखिएको बताउनुभयो । जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पूजा समिति, स्थानीय नागरिक समाजलगायत निकायका व्यक्तिले मिलेर आज मन्दिरबाट बाढीको पानी निकालेर सरसफाइ गरी पूजाआजालाई निरन्तरता दिइएको छ । नगरप्रमुख सुरेश साह सोनारको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सफाइकर्मी र स्थानीय बासिन्दाको सहयोगमा दमकलसहितका उपकरण लगाएर मन्दिरको पानी निकालिएको छ । सो मन्दिर जलेश्वरको सबैभन्दा होचो ठाउँमा रहेका कारण आज बाढी गइसकेको चार÷पाँच दिन भइसक्दा पनि बाहिरी पानीको सतह कम नभएकाले मन्दिरको पानी पनि निस्कन नसकेको र सोही कारण बडादसैंको पूजाआजा पनि प्रभावित भएको थियो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments