Sunday, April 26, 2026
No menu items!
Homeनेपाल खबरवर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

बनियानी, १७ असोजः अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ । “हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “विवरण सङ्कलन जारी छ ।” केन्द्रका प्रमुख सागर विष्टले भन्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments