Sunday, April 26, 2026
No menu items!
Homeनेपाल खबरसडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर

सडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर

नेपालगन्ज, १७ असोजः छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उहाँले रिफ्लेक्टर लगाउन सहज नभएको गुनासो गर्नुभयो । छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो । हालसम्म नगरक्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण सङ्कलन नभएको जानकारी प्रमुख बमले दिनुभयो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments