Saturday, October 5, 2024
No menu items!
Homeनेपाल खबरप्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ

काठमाडौँ, १६ असोजः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments