Sunday, April 19, 2026
No menu items!
Homeनेपाल खबरबाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

इनरुवा (सुनसरी), १३ असोजः बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिनुभयो । हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उहाँले बताउनुभयो । करेन्ट लागेर मृत्यु बराहक्षेत्र नगरपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नो सवारी साधन ‘सिटी सफारी चार्ज’गर्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । विद्युत् ‘सर्ट’ भई निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments