Saturday, October 5, 2024
No menu items!
Homeताजा खबरसंविधान संशोधनमाथि कुप्रचार गरिनु ठिक हुँदैनः मन्त्री दाहाल

संविधान संशोधनमाथि कुप्रचार गरिनु ठिक हुँदैनः मन्त्री दाहाल

दमक(झापा),१२ असोजः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताउनुभएको छ । नेकपा (एमाले) दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले संविधान संशोधनको विषयमाथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिँदै आएको उल्लेख गर्नुभयो । मन्त्री दाहालले समानुपातिक, समावेशी, संघीयता लगायतका अपरिहार्य बुँदालाई तलमाथि गर्न नसकिने टिप्पणी गर्नुभयो । निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो । महिला, जनजाति लगायतको प्रत्यक्ष निर्वाचनमै संशोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री दाहालको भनाइ छ । मन्त्री भएपछि पहिलो पटक गृह नगर दमक आउनुभएका दाहालले आम जनताको सल्लाह सुझावमा संविधान संशोधन हुने बताउनुभयो । संविधानको प्रसङ्ग उठाउँदै एउटा पार्टीको चाहनामा संविधान संशोधन नहुने र सबै राजनीतिक पार्टीको सहमतिमा मात्र संविधान संशोधन हुने भन्दै विभिन्न हल्लाको पछि नलाग्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । देशको आवश्यकताका लागि ठुला दल एकै ठाउँमा आउनु अहिलेको साझा खाँचो भएको उहाँको टिप्पणी थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments