Saturday, April 18, 2026
No menu items!
Homeताजा खबरयसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस मनाइयो

यसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस मनाइयो

वीरगञ्ज(पर्सा), ११ असोजः औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५आँैं अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगञ्जको शङ्कराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले ४५औँं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा वीरगञ्जको शङ्कराचार्य गेटमा एक विशेष कार्यक्रम गरेर भारतीय पर्यटकलाई भव्य स्वागत गरिएको बताउनुभयो । ‘‘वीरगञ्ज औँद्योगिक र व्यापारिक नगरीको साथसाथै धार्मिक पर्यटनको उच्च सम्भावना भए पनि पर्यटन क्षेत्रले आशातित् विकास हुने अवसर पाएको छैन,’’ उहाँले भन्नुभयो,‘‘वीरगञ्जमा चारवटा तारेहोटसहित ८५ भन्दा धेरै होटल रहेका छन् । तर,वीरगञ्जमा अपेक्षाकृत ढङ्गले पर्यटकको बसाइ बढाउनेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।’’ वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारेहोटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्ज भन्सार नाका हुँदै भारतीय पर्यटकहरु पशुपतिनाथ, जनकपुर, गढिमाई र मुक्तिनाथ लगायतका धार्मिकस्थलमा जाने गरेका छन् । ‘‘हामीले वीरगञ्जको पर्यटन क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धनका लागि विभिन्न पर्यटकीय गतिविधि गर्दै आइरहेका छौैँ’’ उहाँले भन्नुभयो,‘‘सरकारले पनि आवश्यक पर्यटकीय क्षेत्रको प्रवद्र्धनात्मक कार्यक्रममा सहयोग गर्न आवश्यक भइसकेको छ ।’’ अध्यक्ष पन्तले वीरगञ्जमा औद्योगिक तथा व्यापारिक सहरको साथसाथै पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार वीरगञ्जमा पछिल्लो समय सुविधा सम्पन तारे होटल तथा रिसोर्टहरु सञ्चालनमा आएका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, लगायतका छन् । वीरगञ्जको पर्यटन क्षेत्र आन्तरीक र सीमा क्षेत्रका भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments