Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरत्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिनुभएको हो । ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभयो । “सब स्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,”– ऊर्जामन्त्री खड्काले भन्नुभयो । त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छभने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ । यसैबीच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गर्नुभएको थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments