Sunday, April 26, 2026
No menu items!
Homeनेपाल खबरधार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

बागमती, ४ असोजः मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ । हेटौँडास्थित एडभेञ्चर क्लबले आज पत्रकार सम्मेलन गरी प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष सुशील सुवेदीले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका–४ स्थित महादेव मन्दिरबाट प्रारम्भ हुने मोटरसाइकलसहितको यात्रा भुटनदेवी मन्दिर, पाथिभरा मन्दिर, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाइ मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क पुग्ने छ । हेटौँडाका विभिन्न क्षेत्रको भ्रमणपछि सोही दिन यात्राको टोली मकवानपुरगढीस्थित दरबार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर मन्दिर, मनमोहन उद्यान कमाने हुँदै वनदेवी मन्दिरबाट पुनः हेटौँडास्थित महादेव मन्दिरमा पुगेर समापन हुने अध्यक्ष सुवेदीले बताउनुभयो । ‘हेटौँडा सम्पदा यात्रा’ मा रु तीन लाख खर्च हुने अनुमान सुनाउँदै अध्यक्ष सुवेदीले यात्रामा सहभागी हुन दर्ता शुल्क रु तीन सय निर्धारण गरिएको बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments