Monday, April 20, 2026
No menu items!
Homeताजा खबरचाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव

काठमाडौँ, ३१ भदौ : सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उहाँहरुले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिनुभयो । राष्ट्रियसभाको चालु सोह्राँै अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै सांसद भगवती न्यौपानेले महत्वपूर्ण निर्णय, महत्वपूर्ण प्रतिवेदन पारित हुनु, समय व्यवस्थापन लगायतका कुरा राष्ट्रियसभाका सकारात्मक कदम भएको बताउनुभयो । विभिन्न विषयका सङ्कल्प प्रस्ताप पारित भएका उल्लेख गर्दै उहाँले सरकारले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद जगप्रसाद शर्माले संविधान संशोधनको मुद्दामा, सङ्घीयता कार्यन्वयन गर्न, विकासका मोडलमा बहस नयाँ ढङ्गले चलाउन राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिनुभयो । “सुसासन, पुँजीगत खर्च बढाउन, उत्पादन वृद्धि गरेर रोजगारी बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्छ,” उहाँले भन्नुभयो । सांसद कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिमा चार विधेयक विचाराधीन अवस्थामा रहेकाले यही अधिवेशनमा पारित हुन नसक्नु दुःखद पक्ष रहेको बताउनुभयो । “अर्थ मन्त्रीले प्रस्तुत गुर्नुभएको बजेटका बुँदा संशोधन हुनु राष्ट्रियसभाको मुख्य उपलब्धि रह्यो,” उहाँले भन्नुभयो, “यो अधिवेशनमा भूकम्पपीडितको कुरा उठाएका थियाँै, चिसो अगावै अस्थायी पुनःनिर्माणको काम गरेर नयाँ घरमा बस्न पाउने छन् भन्ने विश्वास छ ।” सांसद बेदुराम भुसालले दसँै तिहार जस्ता पर्वहरुमा मूल्य वृद्धि नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । “चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन बढाउनुपर्छ,” उहाँले भन्नुभयो । सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपन माग गर्नुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments