Saturday, April 18, 2026
No menu items!
Homeताजा खबरगन्तव्यमा पुुग्ने सजिलो माध्यम अटोरिक्सा

गन्तव्यमा पुुग्ने सजिलो माध्यम अटोरिक्सा

राँझा(बाँके), २७ भदौः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । सदरमुकाम नेपालगञ्जबाट ४४ किलोमिटर टाढा छ नरैनापुर । साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरेपनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ । “भदौरे उखरमौलो गर्मीले यतिबेला नरैनापुरमा पैदल हिँडडुुल गर्न कठिन छ । भनेको समयमा सवारीसाधन पाउन मुुस्किल भएको बेला अटो रिक्साले सबैको ध्यान तानेको छ ।”, स्थानीय ताजमोहम्मद खान भन्नुहुन्छ, “नरैनापुरमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई धेरै सहयोग पुुगेको छ ।”नरैनापुर गाउँपालिका कार्यालय अगाडि सडकमा अटो रिक्सा यात्रुको पर्खाइमा रहेका हुन्छन् । साना दुुरीका यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि सजिलो बनेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटो रिक्साले स्थानीयवासीलाई धेरै सहज बनाएको उहाँको भनाइ छ । नरैनापुर–५ मटेहिया जमुनीगाउँकी टीका बुढाथोकीलाई सदरमुकाम नेपालगञ्ज आउनजान बस कुरेर बस्नुपर्दैन । हिजोआज रिक्सा चढेर एक घण्टामै नेपालगञ्ज आइपुुग्न सकिन्छ । “रिक्सामा चढेपछि न घामपानीले प्रभावित पार्छ, न त धेरै समय नै लाग्छ । सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ ।”, बुढाथोकीले भन्नुभयो । नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटो रिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकल जस्ता निजी सवारी साधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटो रिक्साले ठूलो सुविधा मिलेको बुढाथोकीको भनाइ छ । अटो रिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५÷२० मिनेटमा पुगिने गरेको गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताउनुभयो । पक्की सडक बनेसँगै स्थानीय युवाले अटो रिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएका छन् । रु पाँच लाखको लगानीमा रिक्सा खरिद गरेर स्थानीय युवा लक्षिराम यादवले नरैनापुरदेखि नेपालगञ्जसम्म अटो रिक्सा सञ्चालन गर्दै आउनु भएको छ । एक लिटर पेट्रोलले सडकको अवस्था हेरेर कच्ची सडकमा ६ देखि ८ किलोमिटर र पक्की सडकमा १० देखि १२ किलोमिटर माइलेज दिने उहाँले बताउनुभयो । चार सिट क्षमताको अटो रिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडादेखि नेपालगञ्जसम्मको प्रति व्यक्ति रु दुई सय ५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु दुई सय भाडा लिने गरेको यादवको भनाइ छ । वर्षाद्को बेला राप्ति नदीको सिधनियाघाट क्षेत्र र नरैनापुरको खहरे खोला बग्ने दुई स्थानमा रिक्सा सञ्चालनमा कठिनाइ आउने गरेको उहाँले जानकारी दिनुभयो । हुलाकी सडक नबन्दासम्म भारतीय भूमि प्रयोग गरेर नरैनापुर जानुपर्ने अवस्था थियो । सडकको पहुँचसँगै सञ्चालनमा आएका ठूला साना सवारीसाधनले नरैनापुरलाई चलायमान बनाउन सहयोग पुगेको नरैनापुर क्षेत्रका जनप्रतिनिधि बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments