Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबर‘मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’

‘मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’

मोरङ, २४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’ का सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शून्य प्रतिशत सहनशीलताको स्थानमा पु¥याउनुपर्ने भन्दै यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकायलगायत सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रदेशमा भ्रष्टाचारविरुद्धको रणनीति बनाउन आवश्यक छलफल गरी नीतिगत योजना बनाइने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई नियन्त्रण गर्न विधि, नीत बनाएर प्रतिबद्धतासहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरमा मुलुकको सकारात्मक पहिचान बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकाले यसमा हामी सबैले आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतम, कार्यालयका सहसचिव राजेन्द्र थापा, उपसचिव ओमप्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरी निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचारविरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गर्नुपर्ने भनाइ राख्नुभएको थियो । कार्यक्रममा प्रदेशसभाका सांसद, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी, प्रदेशसभा सचिवालयका कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments