Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरदुदरा खोलाको पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण

दुदरा खोलाको पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ : नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया नजिकै रहेको दुदरा खोलामा निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र रहेकाले तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले भन्नुभयो, “पूर्व–पश्चिम राजमार्गकै हालत यस्तो छ भने अन्य ठाउँको हालत के होला, हामी अनुमान गर्न सक्छौँ, दुदरा खोलाको पुल कति दिन, कति महिना वा कति वर्षमा बन्ने हो स्पष्ट जवाफ सम्बन्धित मन्त्रालयले दिनुपर्छ ।” नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । सांसद छिरिङल्यामु तामाङले किसानले दुःख गरेर फलाएको स्याउले उचित मूल्य र बजार नपाएको र कर्णालीवासीले सामान्य उपचारसमेत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदासमेत सरकारले बेवास्ता गरेको उहाँको गुनासो छ । सांसद मनिष झाले धनुषामा एक वर्षदेखि रामदेव मण्डल र उहाँकी श्रीमती आशा देवीको नागरिकता बनाउन सम्बन्धित निकायले अनावश्यक दुःख दिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विनिता कठायतले विगत केही दिनदेखि कर्णाली माजमार्गअवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सर्वेन्द्रनाथ शुक्ला, सन्तोष चालिसे, अम्मरबहादुर थापा, प्रभु शाह र मेटमेणी चौधरीले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, आपराधिक क्रियाकलापको अन्त्य गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments