Monday, April 20, 2026
No menu items!
Homeविश्व खबरचीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरुको भिडसँग ठोक्किएको थियो । “हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ । सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ । ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भईरहेको सिसिटिभीले जनाएको छ । कमजोर सुरक्षा मापदण्ड र अव्यवस्थित चलाईका कारण देशमा घातक सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत जुलाईमा चीनको मध्य सहर चाङ्सामा एउटा गाडी पैदल यात्रीहरूसँग ठोक्किदा आठ जनाको मृत्यु र पाँच जना घाइते भएका प्रहरीले जनाएको थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments