Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरदुर्घटनाबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनाबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली, १६ भदौः गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति अन्दाजी १ः१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको शरीरमा गम्भीर चोट लागेको थियो । घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ । सोही मोटरसाइकल पछाडि सवार धनगढी–२ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागि अवस्था मध्यम रहेको छ । ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments