Sunday, April 19, 2026
No menu items!
Homeताजा खबरमाओवादी केन्द्रको काँधमा ठूलो जिम्मेवारी छ : अध्यक्ष दा

माओवादी केन्द्रको काँधमा ठूलो जिम्मेवारी छ : अध्यक्ष दा

कर्णाली, १४ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । पार्टी केन्द्रद्वारा सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय परामर्श बैठक’लाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, थारु, मजदुर, किसानलगायतको पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताउनुभयो । त्यसका लागि माओवादी केन्द्रले एकतावद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उहाँको भनाइ थियो । माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न अध्यक्ष दाहालले सबैलाई आग्रह गर्नुभयो । विस्तृत शान्ति सम्झौतालाई संविधानको अङ्ग बनाएको र व्याख्यात्मक टिप्पणीमा अझ माओवादी जनयुद्ध भनेर उल्लेख गरिएको उहाँको भनाइ थियो । सबै प्रदेशमा पुगेर सुझाव, परामर्श र राय सङ्कलन गर्ने क्रममा कर्णाली आइपुगेको अध्यक्ष दाहाललले बताउनुभयो । “संसदीय प्रजातन्त्रमा ठूला पार्टीबीचको गठनबन्धन निकै दुर्लभ र बिडम्बनाको कुरा हो”, उहाँले भन्नुभयो । बेथिति र भ्रष्टाचारलाई बचाउने कोशिस नगर्न उहाँले सरकारलाई सुझाव दिनुभयो । पार्टीभित्र बहस र छलफल भइरहने तथा यसले पार्टीलाई झन बलियो बनाउने उहाँको भनाइ थियो । “आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन । अध्यक्षभन्दा म माथि भइसके । टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोच बनाएको छु”, अध्यक्ष दाहालले भन्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments