Saturday, April 18, 2026
No menu items!
HomeUncategorizedसामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने व्यक्ति पक्राउ

जकार्ता, १३ भदौ (रासस/एएफपी) :

हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ । इन्डोनेसियाको वातावरण मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्ति दोषी ठहरिएमा १५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाएको छ । इन्डोनेसियामा वन्यजन्तुको अवैध व्यापार व्याप्त रहेको छ । दक्षिण सुमात्रा प्रहरीले यसै वर्षको सुरुमा फेसबुकमा संरक्षित वन्यजन्तुका केही भाग बिक्रीका लागि प्रस्ताव गरेको पोस्ट देखेपछि अनुसन्धान सुरु गरेको थियो । दक्षिण सुमात्राको पालेम्बाङमा गैँडाको सिङ र हात्तीको दाँतबाट बनेको पाइप बिक्री गर्ने क्रममा गत साता ‘जेडए अर्थात् जा’ भनिने ६० वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो । उनको घरमा थप सात वटा गैँडाको सिङ र चारवटा हात्तीको दाँत फेला परेको प्रहरीले जनाएको छ । “उनी वन्यजन्तुको व्यापारमा निकै अनुभवी रहेको देखिन्छ,” वातावरण मन्त्रालयले भनेको छ। सन् २०१८ देखि यता उजुङ कुलोन राष्ट्रिय निकुञ्जमा २६ वटा लोपोन्मुख जाभान गैँडा मारेको आशङ्कामा प्रहरीले गत जुनमा चोरी शिकारीको समूहलाई पक्राउ गरेको थियो । कुनै समय दक्षिणपूर्वी एसियामा यिनीहरू हजारौँको सङ्ख्यामा थिए तर अनियन्त्रित चोरी सिकारी र तिनीहरूको वासस्थानमाथिको मानव अतिक्रमणले गर्दा धेरै प्रभावित भएका छन् र वातावरण मन्त्रालयले जङ्गलमा करिब ८० वटा मात्र जनावरहरू बाँकी रहेको बताएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले सुमात्रान गैँडालाई पनि अति सङ्कटापन्न घोषणा गरेको छ भने ५० भन्दा कम गैँडा बाँकी रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments