Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरवर्तमान सरकार जनताका निराशा चिर्दैछ : उद्योग मन्त्री भण्डारी

वर्तमान सरकार जनताका निराशा चिर्दैछ : उद्योग मन्त्री भण्डारी

भदौ १० काठ्माण्डौँ
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनाताका निराशाहरुको अन्त्य गरि आशा जगाउने बाटोमा अग्रसर रहेको बताउनुभएको छ । आज काठ्माण्डौँमा आयोजीत गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायीक क्षेत्रका समस्याहरु सहजीकरण गरि जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताउनुभयो ।
विशिष्ट परिस्थीतिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरुलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताउनुभयो । उहाँले नेपालको उद्यमसिलता र औधोगिक क्षेत्रको विकास गर्नमा आफुले ध्यान केन्द्रीत गरेको बताउनुभयो ।
उहाँले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तराष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताउनुभयो ।
विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर र भारत, अमेरिका लगायतका देशहरुमा समेत मनाउन थालेपनि यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, ‘गौरापर्व विगतमा कम व्यक्तिहरुले मनाउदाँ साघुरो बाटोमा सिमित थियो, तर अहिले राजमार्गका रुपमा परिणत भएको छ । यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा मनाउन थालिएपनि यसको सांस्कृतिक महत्व र मौलिक तत्वहरुको विस्तार गर्नु जरुरी छ । हामीले गौरापर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जुरुरी छ । यो पर्वको महत्व, गरिमा र सान्दर्भीकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा यो पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचान र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भुमिका निर्वाह गर्नु जरुरी छ ।’
सुदूरपश्चिम समाज काठमाण्डौँले आफ्नो १५ औँ साधारणसभाका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकि सोराई गौरा बिशेष’ पुस्तकको विमोचन गरिएको छ । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ बिशेष गौरापर्वका बिषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डाः हरिदत्त पाण्डेयले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments