Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरकास्कीको मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

कास्कीको मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

कास्की, १० भदौः जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग कार्यालयले सो पदमार्ग निर्माण गरेको हो । पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा पर्यटन पूर्वाधारअन्तर्गतका ४७ आयोजनामध्ये ४३ सम्पन्न भएको थिए । कुल आयोजनामा दुईवटा सम्झौता नै भएनन् भने दुईवटा सम्झौता भएर पनि कार्यान्वयनमा गएका थिएनन् । गत वर्ष पर्यटन पूर्वाधारतर्फ रु दुई करोड ८० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालय प्रमुख ढकालले पर्यटकीय पदमार्ग निर्माणले पर्यटक तथा स्थानीयवासीलाई सजिलो भएको बताउनुभयो । यसैगरी पर्यटकीय उद्यान (पार्क)हरूमा निर्माण भएका पूर्वाधारले पर्यटकीय आकर्षण वृद्धि गरेको बताइन्छ । पर्यटकको आगमन बढी भएका स्थानमा अप्ठ्यारो बाटोलाई सहज बनाइएको र विभिन्न स्थानमा रेलिङ राखिएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । “पर्यटकीय गतिविधि बढी भएका स्थानलाई प्राथमिकतामा राखेर ‘फुटट्रयाक’ निर्माण गरिएको छ । यसबाट पर्यटकलाई र स्थानीयलाई समेत आवतजावतमा विगतमाभन्दा बढी सहज भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष पोखरा–२० को खोरखरी कुना–काहुँखोला पदमार्ग, मौरेबगर मार्गी–बेतैनी ज्ञान बिसौना पर्यटक पदमार्ग पोखरा–२२ र २३, जल्केनी–भैरवकोट–कालिका–रिठ्ठुमाडा पैदलमार्ग रुपा–१, हनुमान पोखरी–भोटेपोखरी हाइकिङ पदमार्ग पोखरा–३३, लाँकुरीबोट पर्यटक विश्रामस्थल पोखरा–१६, बराहक्षेत्र पर्यटन पूर्वाधार पोखरा–३१, मादी वडा नं ६ र ७ स्थित थाक हिल पर्यटन पूर्वाधार, पोखरा–२९ मा मुक्तिनाथ सत्सङ्ग आश्रम पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । यसैगरी पोखरा–२८ को लामिछानेगाउँ पदमार्ग निर्माण, पोखरा–१९ मा पर्यटकीय दुर्गा मन्दिर स्तरोन्नति तथा सौन्दर्यकरण, मादी–२ मा क्वलासोथार बृहत् पर्यटन विकास पूर्वाधार निर्माण, पोखरा–३३ स्थित ब्रम्हाज्योति प्राविबाट निरकण्ठेश्वरी मन्दिरसम्म पर्यटक पदमार्ग, मादी–१२ को लिपेपानी देवीडाँडा सिँढीबाटो गत वर्ष निर्माण सम्पन्न गरिएको थियो । यसैगरी शिवमन्दिरमा पर्यटकीय पार्क निर्माण पोखरा–३३, कैलाशटोलमा पदमार्ग निर्माण पोखरा–१४, पोखरा–१३ स्थित शितलादेवी पार्क निर्माण, नागिधारा पुरानोगाउँ क्रपुडाडा पर्यटकीय पदमार्ग मादी–८, सिक्लेस कपुचे पर्यटन पदमार्ग निर्माण मादी–१, तागा विसमुरे पर्यटन पदमार्ग अन्नपूर्ण–३, पचभैया सिमलडाँडाबाट रुपाताल जोड्ने पदमार्ग पोखरा–३१, अकलादेवी तथा लक्ष्मीनारायण विकास पोखरा–१९, कैलाशेश्वर शिव मन्दिर पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण पोखरा–१९, नेटापोखरीबाट तक्मेल देउरालीसम्म पर्यटकीय पदमार्ग पोखरा–१९, पोखरा–३३ स्थित कुसुण्डे एक्लेसाल हुँदै शान्तिउदय पदमार्ग निर्माण, रुपा–७ स्थित दम्से–थुम्के पर्यटकीय पूर्वाधार, पोखरा–१८ को चौरपाखा मेथलाङ्ग पर्यटन पैदलमार्ग, अन्नपूर्र्ण–४ को भुमेथानबाट सिद्धथान हुँदै सितगुफा जाने पदमार्ग गत वर्ष निर्माण गरिएको हो । पर्यटन कार्यालयका अनुसार पोखरा–३३ को भगवती मन्दिरमा धार्मिक पर्यटकीय पूर्वाधार, पोखरा–११ मा सर्वेश्रवर खेलमैदान पदमार्ग, पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाको फुटट्रयाक, पोखरा–१७ को शङ्करधाम घट्टेखोला पार्क, शीतल गुफा तथा विद्येश्वर मन्दिर क्षेत्रमा पर्यटन पूर्वाधार अन्नपूर्ण–५, पोखरा–२० को नाजिम बास्थल पदमार्ग, रुपास्थित कवापानी स्याक्लुङकोट पदमार्ग निर्माण गरिएको छ । यसैगरी पोखरा–२१ को पोखरेलथोक पर्यटकीय पार्क, पोखरा–३३ स्थित लामगादी मणिथान पदमार्ग, पोखरा–१६ को कालिखोला–अर्मलाकोट पदमार्ग निर्माण, धारापानी–कयरवारी पदमार्ग पोखरा–२३, महरा–निग्जा रोक्का चिचिन्ने पदमार्ग माछापुच्छ्रे–५, विजयपुर खोला फेदीबाट काफलघारी हँुदै सिद्धिपुरसम्मको पर्यटन पैदलमार्ग, पोखरा–१६ को जयबुद्ध गुम्बा पर्यटन पूर्वाधार, अन्नपूर्ण–१० स्थित घान्द्रुक–भैँसीखर्क–डाँडापानी–घोरेपानी–पदमार्ग र मादी–५ स्थित गारगाटे बरको चौतारी निर्माण पर्यटनतर्फ गत वर्ष कार्यान्वयन गरिएका योजना रहेका छन् । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments