Wednesday, April 29, 2026
No menu items!
Homeविश्व खबरपाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु

पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु

मध्यपाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ । दक्षिणी सिन्ध र मध्य पञ्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि सङ्गठित आपराधका गिरोहहरू सक्रिय छन् । “आक्रमणमा कम्तीमा बाह्र जना प्रहरी मारिएका छन् भने अन्य आठ जना घाइते भएका छन्,” प्रहरी प्रवक्ता सैफ अली वेन्सले बताउनुभयो । पञ्जाब प्रान्तको रहिम यार खान जिल्ला हुँदै बिहीबार साँझ करिब २२ जना प्रहरी सवार दुईवटा प्रहरी गाडीहरू यात्रा गरिरहेका थिए जसमध्ये एउटा भ्यान बाढीमा फसेको हो । अपराधिक गिरोहले फसेका अधिकारीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको वेन्सले बताउनुभयो । आक्रमणको मुख्य अपराधी रातको कारबाहीमा मारिएको शुक्रबार प्रहरीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । “अपराधीहरूको पहिचान नभएसम्म अभियान जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ । सेनाले सन् १९९० को दशकको सुरुमा सिन्धमा आपराधिक गिरोहविरुद्ध सशक्त कारबाही सुरु गरÞेको थियो । तर त्यसपछिको सरकारले प्रान्तमा कानुन र व्यवस्था कायम गर्न असफल भएपछि उनीहरू फेरी सक्रिय भएका छन् । प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणकारी विरुद्ध ‘तत्काल र प्रभावकारी कारबाही’ गर्न आदेश दिनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments