Sunday, April 19, 2026
No menu items!
Homeविश्व खबरअफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राति जनाएको छ । पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताउनुभयो । उहाँका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन्भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ । प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिनुभएको छ । यो बर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनाहरूमा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments