Thursday, April 23, 2026
No menu items!
Homeनेपाल खबरगैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

वीरगञ्ज (पर्सा), २९ साउनः जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो । सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments