Category: इभेन्ट्स

अष्ट्रेलियामा विद्यार्थीहरुका लागि दिदीबहिनी समाजको आयोजनामा योग तथा ध्यान शिविर

मेलबर्न। अष्ट्रेलियामा विद्यार्थीहरुका लागि दिदी बहिनी समाजको आयोजनामा योग तथा ध्यान शिविर हुनेभएको छ। दिदीबहिनी समाज भिक्टोरीयाले कोरोना महामारीका कारण तनाव झेलिरहेका विद्यार्थीहरुका लागि उक्त अनलाइन शिविर संचालन गर्ने भएको हो। योग तथा ध्यान शिविर अक्टोबर १५ देखि सुरु हुनेछ। विद्यार्थीहरुको समय अनुकुल हुनेगरि हरेक हप्ताको बिह्बार बेलुका ६ देखि ७ बजेको लागि समय तोकिएको छ। शिविर आठ हप्तासम्म संचालन हुनेछ। हिमालयन योगीको नामले परिचित योगी मधुसुदन भेटुवालले योग तथा ध्यान प्रशिक्षण संगै यसका विभिन्न महत्व, स्वस्थ जीवनशैलीको लागि अपाउनुपर्ने बानी लगायत कुराहरुको बारेमा चर्चा गर्नुहुनेछ। ध्यान शिविरको जुम मिटिंगमा सहभागी हुनको लागि :\ https://zoom.us/j/95650603489?pwd=UEFpZHpibFQxbE14ZUp1Yk1DdTRpdz09 Meeting ID: 956 5060...

Read More

अष्ट्रेलियाबाट विश्व मानसिक स्वास्थ्य दिवस विशेष अनलाइन कार्यक्रम

मेलबर्न। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा अष्ट्रेलियाबाट विशेष अनलाइन कार्यक्रम हुनेभएको छ। मेलबर्न चौतारीको आयोजनामा “Different Faces of Mental Illness” शिर्षकको कार्यक्रम हुने भएको हो। आयोजकका अनुसार, डा. तिलक पोखरेल सहजकर्ता रहने उक्त कार्यक्रममा डा. अनुपम पोखरेलसँग मानसिक बिमारीका विभिन्न लक्षण तथा प्रकारको बारेमा कुराकानी हुनेछ। मानसिक स्वास्थ्य या मानसिक बिमारीको बारेमा केही जिज्ञासा भएमा जानकारी गराउन सकिनेछ। कार्यक्रममा ती जिज्ञासा मेटाउने प्रयास गरिनेछ। कार्यक्रम शनिबार, अक्टोबर १० मा दिउँसो १ बजे देखि २ बजेसम्म मेलबर्न चौतारीको फेसबुक पेज Mel Chautari मार्फत प्रत्यक्ष प्रसारण...

Read More

अष्ट्रेलियामा दशैं-तिहार शिर्षकमा बालबालिकाहरुका लागि अनलाइन वक्तृत्वकला प्रतियोगिता

मेलबर्न। अष्ट्रेलियामा दशैं-तिहार शिर्षकमा बालबालिकाहरुका लागि अनलाइन वक्तृत्वकला प्रतियोगिता हुनेभएको छ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले दशैं तिहारको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो। “भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ ” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा ६ देखि १६ वर्ष उमेर सम्मका बालबालिकाहरु सहभागी हुन सक्नेछन्। दशैं या तिहारको बारेमा बालबालिकाले आफ्नो विचार तथा ज्ञान वक्तृत्वकला मार्फत प्रस्तुत गर्न सक्नेछन्। अनलाइन मार्फत सहभागी हुन सकिने प्रतियोगिताको लागि अक्टोबर १७ तारिख सम्ममा आफ्नो सहभागिता जनाउन सकिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकाले पुरस्कार प्राप्त गर्नेछन्। बालबालिकाहरुलाई आफ्नो...

Read More

अष्ट्रेलिया नेपाल पब्लिक लिंकद्वारा भिक्टोरियामा नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण

मेलबर्न। अष्ट्रेलियामा लामो समयदेखि नेपाली समुदायको हितमा क्रियाशील संस्था अष्ट्रेलिया नेपाल पब्लिक लिंकले नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ। विद्यार्थीहरुलाई प्राथमिकतामा रखिएको यो प्रशिक्षण कार्यक्रम भिक रोडबाट कम्युनिटी रोड सेफ्टी अनुदान प्राप्त कार्यक्रम हो। नि:शुल्क ड्राइभिङ्ग प्रशिक्षणको लागि इच्छुक व्यक्तिहरुलाई फारम भर्ना आग्रह गरिएको थियो। जसमा आयोजक संस्थाले अपेक्षा गरेभन्दा बढी, १ सय ४१ जनाले उक्त फारम भरेका छन्। संस्थाका अनुसार, प्रशिक्षणको लागि चालीस जनाको मात्र कोटा रहेको हुनाले फारम भरेकाहरु सबै प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन्। तर संस्थाले फारम भरेका सबैलाई इमेल पठाउनेछ। र, इमेलको जवाफ सबैभन्दा छिटो दिने चालिस जना प्रशिक्षणको लागि छनोट हुनेछन्।...

Read More

कंडेल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा टिकटक प्रतियोगिता, प्रथम हुनेलाई १ लाख ५० हजार नगद पुरस्कार

काठमाडौं। टिकटकमा आफ्नो कला क्षमता प्रस्तुत गर्दै आइरहेकाहरुका लागि द जीएमआई एकेडेमीले सुनौलो अवसर सहितको कार्यक्रमको आयोजना गरेको छ। द जीएमआईले सहि हो इभेन्टसंगको सहकार्यमा मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितालाई अष्ट्रेलियामा पढ्न र करियर बनाउन जान चाहनेहरुका लागि भरपर्दो माध्यम बन्दै आइरहेको कंडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ। प्रतियोगिताको निर्णयाक मण्डलमा अभिनेत्री प्रियंका कार्की, चरित्र अभिनेता किरण के सी र नृत्य निर्देशक कविराज गहतराज रहेका छन्। सामाजिक संजालमा आउने लाइक, कमेन्ट, सेयरलाई पनि जोडेर मुल्यांकन गरिने आयोजकले जनाएका छन्। प्रतियोगितामा सहभागी हुन चाहनेले असोज १३ गतेसम्ममा आफ्नो भिडियो पठाईसक्नुपर्नेछ। मिस्टर एण्ड मिस टिकटक नेपाल प्रतियोगितामा...

Read More