Category: विश्व खबर

चीनसँग सिमाना जोडिएका जिल्लाको जीवनस्तर उकास्न चीनको सहयोग

काठमाडौँ – नेपालको चीनसँग सिमाना जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  मानव विकास सूचाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवामा पहुँच अभिवृद्धि गर्ने ठूला विकासका पूर्वाधार तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गत वर्षदेखि नै सञ्चालन गर्ने भनिएको सो कार्यक्रम कोरोनाका कारणले सञ्चालन हुन नसकेको र यस वर्षबाट सञ्चालनमा आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो कार्यक्रममा चीन सरकारको सहयोग रहेको छ । चीनसँग सीमा जोडिएका दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा,...

Read More

विरोधका बाबजुत इजरायलमा पुनः लकडाउन लागू गरिने

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि इजरायलमा पुनः लकडाउन लागू गरिने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशभर लकडाउनको बिरोध हुने भएपनि तीन साताका लागि लकडाउन लागू गरिने जानकारी दिनुभयो । इजरायलमा दैनिक ४ हजारको दरमा कोरोना संक्रमण फैलन थालेपछि इजरायल लकडाउन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्री नेतान्याहुको भनाई छ । इजरायलमा महान चाड यहुदी त्योहार पर्व नजिकिएको बेला लकडाउन लागू गर्न लागेको भन्दै यसको विरुद्धमा एक मन्त्रीले राजीनामा समेत दिइसकेका छन् भने सत्ताधारी गठबन्धनले आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । ९० लाख जनसंख्या भएको इजरायलमा कोरोनाका कारण १ सय ८ जनाको मृत्यु भइसकेको छ...

Read More

उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान सुरु

२८ भदौ । चीनको उहान शहरबाट पूर्ण क्षमतामा आन्तरिक उडानहरु सुरु भएको छ ।उहान कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिन्छ । त्यहाँ गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो । गत अप्रिल महिनाको सुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको...

Read More

रुसी विपक्षी नेता नाभाल्नीलाई विष दिइएको पुष्टि, जर्मनी आक्रोशित

एजेन्सी, भदौं १७ रुसी विपक्षी नेता एवं भ्रष्टाचार विरोधी अभियानका एक सशक्त योद्धा एलेक्सी नाभल्नीविरुद्ध विष दिइएको पुष्टि भएको छ ।रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका कट्टर आलोचक नाभल्नीलाई नोविचोक नर्व एजेन्टमार्फत् विष दिइएको जर्मनीको सरकारले जनाएको हो । जर्मनीको एक सैन्य प्रयोगशालामा टोक्सिकोलोजी परीक्षण गर्दा नोविचोक समूहको एक एजेन्टको स्पष्ट प्रमाण फेला परेको जर्मनीले जनाएकोहो ।रुसको साइबेरिया क्षेत्रमा एक उडानका क्रममा अचानक अस्वस्थ भई कोमामा गएपछि नाभल्नीलाई विशेषज्ञ उपचारका लागि जर्मनीको बर्लिन लगेर उपचार भइरहेको छ । नाभल्नीको समूहका मानिसहरु उनलाई राष्ट्रपति पुटिनकै आदेशमा विष दिइएको दावी गर्दछन् । तर क्रेमलिनले भने यस आरोप निराधार रहेको भन्दै अस्वीकार गरेको छ...

Read More

‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने सरकारको निर्णय

काठमाडौं,सरकारले विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नो अब्जेक्सन लेटर अब वितरणका लागि बाटो खुलेको जानकारी दिए। ‘नो अब्जेक्सन लेटर खुला गर्ने मन्त्रालयको प्रस्ताव क्याबिनेटले पास गर्‍यो,’ उनले भने। कोरोनाभाइरस महामारीपछि गत चैतदेखि सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर वितरण गरेको थिएन। अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको...

Read More