Category: मनोरञ्जन खबर

अष्ट्रेलियावासी कलमको निर्माण तथा किरण बिकको निर्देशनमा बन्ने भयो ‘भाँडाकुटी’

काठमाडौं। बडा दशैंको अवसर पारेर चलचित्र ‘भाँडाकुटी’ घोषणा गरिएको छ । घटस्थापनको दिन काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको हो। अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएका कलम खड्काको निर्माण रहने चलचित्रलाई किरण बिकले निर्देशन गर्नेछन्। भाँडाकुटीमा सामाजिक परिस्थितीको कथालाई चेतनामुलक रुपमा प्रस्तुत गरिने निर्देशक किरणले बताएका छन्। चलचित्रको कथा किरण आफैले लेखेका हुन्। भाँडाकुटीमा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालको मुख्य भूमिका रहनेछ। चलचित्रको छायांकन आगामी फागुनबाट सुरु हुने बताइएको छ। बुटवल वरिपरिको क्षेत्रमा छायांकन हुने चलचित्रको प्रदर्शन भने आगामी साल अर्थात २०७८ मा हुनेछ। भाँडाकुटीमा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भिम बिकको सम्पादन रहनेछ...

Read More

अष्ट्रेलियाबाट नेपअस र बाबा फिल्मको दशैं विशेष कोसेली

मेलबर्न। अष्ट्रेलियाबाट नेपअस क्रियु र बाबा फिल्म्सको दशैं विशेष कोसेली युट्युब मार्फत आइपुगेको छ। नेपअस क्रियु अष्ट्रेलियामा रहेर नेपाली कला, संस्कृति, नेपाली संगीत तथा नृत्यको सम्बर्द्धन तथा प्रबर्द्धनमा लागिरहेको छ भने बाबा फिल्म्स नेपाली गीत संगीत तथा प्रस्तुतिहरु भिडियोको माध्यमबाट अझ माथि पुर्याउन अगाडी बढिरहेको छ। जुन उदाहरण शुक्रबार मात्रै सार्वजनिक भएको दशैं कोसेली पनि हो। बाबा फिल्म्सको युट्युब च्यानल मार्फत सार्वजनिक ‘दशैं आयो’ भिडियो नेपाली चलचित्र मुग्लानको लोकप्रिय गीत दशैं आयोको कभर भिडियो हो। भिडियोमा सायद श्रेष्ठले कोरियोग्राफी गरेका छन्। सायद श्रेष्ठ, रचना श्रेष्ठ, किरण कुँवर मगर, सिमरन कौर र सृष्टि श्रेष्ठको नृत्यले भिडियोलाई सुन्दर बनाएको छ। भिडियोको...

Read More

अष्ट्रेलियावासी विश्व गौडेलको ‘सुनरिमै’ म्युजिक भिडियो सार्वजनिक

मेलबर्न। अष्ट्रेलियामा रहेर नेपाली गीत संगीतमा लागेका विश्व गौडेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहिबार गौडेलको ‘सुनरिमै’ म्युजिक भिडियो सार्वजनिक भएको हो। विश्व गौडेलको शब्द रचना रहेको गीतमा लोकप्रिय गायक-गायिका प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ। गीतमा दीपक शर्माले संगीत दिएका छन्। चर्चित कलाकारहरु नाजिर हुसेन र ट्विनी गर्ल्स ( प्रिज्मा / प्रिन्सी खतिवडा ) ले गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। म्युजिक भिडियोको कोरियोग्राफी गम्बिर विष्टले गरेका हुन्। जीवन रसाइलीले निर्देशन गरेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। सुनरिमै म्युजिक भिडियोलाई ब्लेक ब्रोज इन्टरटेनमेन्टले युट्युब मार्फत बजारमा ल्याएको...

Read More

अष्ट्रेलियावासी कपिल र सागरको लकडाउन कथा

मेलबर्न। अष्ट्रेलियावासी नेपाली युवा कपिल सापकोटा र सागर कुँवरको लकडाउनको कथा सार्वजनिक भएको छ। युट्युब मार्फत उनीहरुको र्याप गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। कोरोना महामारीका कारण अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा लकडाउन चलिरहेको छ। लकडाउनका कारण व्यापार व्यवसाय, कलेज ठप्प छन्। जसले गर्दा विद्यार्थीहरु न त कलेज जान पाएका छन्, न त काममा नै। काममा जान नपाएका कारण उनीहरुको आम्दानी पनि हराएको छ। कोरोना महामारी र लकडाउनका यिनै कुरालाई समेट्दै कपिल र र सागरले लकडाउन गीत गाएका छन्। मिस्टा चाम्लिङ्गको निर्देशन रहेको म्युजिक भिडियोलाई अनिश गौतमले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले बजारमा ल्याएको...

Read More

बलिउड निर्देशक तथा अजय देवगनका भाइ अनिल देवगनको निधन

बलिउड निर्देशक अनिल देवगनको निधन भएको छ। अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो । अनिलले ‘राजु चाचा’, ‘ब्ल्याकमेल’ र ‘हाल-ए-दिल’को निर्देशन गरेका थिए । अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक थिए । अजय अभिनित ‘जान’, ‘इतिहास’ र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । उनी बलिवुडका चर्चित अभिनेता अजय देवगनका भाइ हुन्। अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको गत राति निधन भएको बताएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले...

Read More