Category: परिकार

खसीको स्वादिष्ट सेकुवा बनाउने तरिका

सामग्री :  एक किलो हड्डी नभएको खसीको मासु, एक-एक चम्चा लसुन र अदुवाको पेस्ट, एक चम्चा गरम मसला, एक-एक चम्चा धनियाँ र जीराको धूलो, सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा, दुई चम्चा खाने तेल, चारदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार । विधि :  मासुलाई सानो चौकोर टुक्रामा काट्ने र खलमा प्रत्येक टुक्रालाई एकपटक हल्कासँग कुट्ने । खल नभएको खण्डमा सिलौटामा पनि कुट्न सकिन्छ । त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै छाडिदिने । त्यसपछि झीरमा मासुका टुक्राहरू उनेर कोइलाको रापमा कम्तीमा पनि छ इन्चको दूरीबाट बिस्तारै सेक्दै जाने । मासु राम्रोसँग पाकेपछि प्याजको रिंग...

Read More

यसरि बनाउनुहोस् स्वादिलो खसीको खुट्टाको सुप (भिडियो)

काठमाडौं। खसीको खुट्टाको सुपलाई स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक मानिन्छ। खसीको खुट्टाको सुप सुत्केरी, तथा विभिन्न रोगीहरुको लागि पनि अत्यन्तै उपयोगी मानिन्छ। खसीको खुट्टाको सुप खाँदा स्वादिलो नहुने पनि कतिपयको गुनासो हुन्छ।  तर यहाँ खसीको सुपलाई स्वादिलो तरिकाले पकाउनको लागि विधि राखिएको छ : सामग्री : ४ वटा खसीको खुट्टा जिरा धनियाको पाउडर, अदुवा लसुनको पेस्ट , बेसार रातो धूलो खुर्सानी , गरम मसला प्याज , गोलभेडा , तेजप्त्ता , सूर्यमुखी तेल विधी : प्रेसर कुकरमा तेल तताउने तेल तातेपछि तेजपत्ता र काटेको प्याज राखेर चलाउने प्याज हल्का रातो भएपछि खसीको खुट्टाको टुक्राहरु राख्ने र एकछिन चलाउने आधा चम्चा बेसार, दुई चम्चा जिरा-धनियाको पाउडर राखेर फेरी...

Read More

यसरि बनाउन सकिन्छ खसीको स्वादिष्ट भुटन ( भिडियो )

काठमाडौं । नेपालीको भान्सामा मांसाहारी परिकार पाक्दा धेरैजसो खसीको परिकार नै पाक्ने गर्छ । खसीको मासुलाई विभिन्न तरिकाले पकाएर त्यसका विभिन्न परिकार तयार पार्न सकिन्छ । त्यसमध्ये खसीको भुटन पनि एक हो । खसीको कलेजो र खसीको भुँडी, आन्द्राबाट खसीको भुटन बनाउने गरिन्छ । आवश्यक सामग्री : खसीको कलेजो , खसीको सफा गरेको भुँडीको भाग र आन्द्रा धनियाँ, प्याज, तेल, लसुन-अदुवाको पेस्ट, हरियो खुर्सानी रातो खुर्सानीको धुलो, बेसार, नुन, गरम मसला बेसार, दालचिनीको धुलो, सुकमेल आदि राखेर तयार गरेको विशेष मसला   विधी   ठूलो भाँडोमा पानी तताउने र त्यसमा विशेष मसला राख्ने । पानी उम्लन थालेपछि खसीको कलेजो,...

Read More

खसीको पक्कु बनाउने सजिलो तरिका ( भिडियो )

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं नजिकिदै छ । दशैँमा विशेष गरि खसी-बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत गर्नको लागि खसीको मासुको पक्कु बनाउन सकिन्छ । खसीको पक्कु बनाएर केही दिनसम्म राखेर खान सकिन्छ । यसमा लसुन प्याज नराखिने हुँदा लामो समयसम्म बिग्रिदैन । आवश्यक सामग्री : खसीको ताजा मासु, बेसार, तोरीको तेल , गरम मसला, नुन, जिरा धनियाँ पाउडर, ल्वाङ्ग सुकमेलको धुलो , रातो धुलो खुर्सानी, दालचिनी, तेजपत्ता विधि सबैभन्दा पहिले मासुमा नुन, तोरीको तेल, गरम मसला, बेसार, जिर धनियाँ पाउडर, खुर्सानीको धुलो राख्ने र राम्रोसंग मुछ्ने । अब त्यसलाई छोप्ने र कम्तीमा पांच घण्टा...

Read More

खसीको साँधेको मासु बनाउने तरिका ( भिडियो )

काठमाडौं । खसीको मासु दशैँ पर्वमा विशेष मानिन्छ । खसीको मासुलाई सधै एकै तरिकाले बनाएर खाने तथा पाहुनालाई पस्कनु भन्दा केही फरक तरिकाले बनायो भने नयाँ स्वाद पाउन सकिन्छ । आवश्यक सामग्री: हड्डी निकालेको खसीको मासु हरियो प्याज, धनियाँ, खुर्सानी, नुन, बेसार, मेथी, कागतीको रस टिमुर, सुकेको खुर्सानी, प्याज, हरियो खुर्सानी , टमाटर विधि: सुरुमा पानीमा नुन हालेर मासुलाई उमाल्ने । मासु पाकिसकेपछि सेलाउन दिने र मसिनो गरि काट्ने । एउटा भाँडोमा तेल तताउने र तेल ततिसकेपछी मासुलाई खैरो हुनेगरि फ्राई गर्ने । अब लसुन, अदुवा, खुर्सानी, टमाटरको पेस्ट बनाउनुपर्छ। अब त्यो पेस्ट र प्याज, धनियाँ, हरियो खुर्सानी, कागतीको...

Read More