Category: नेपाल खबर

सरकारी अस्पतालले उपचाररत बिरामीलाई पैसा माग्न थाले

सरकारले भने संविधानको मौलिक हक उल्लंघन हुने गरी कोरोना परीक्षण र उपचार खर्च नबेहोर्ने निर्णय लिएपछि त्यसको सर्वत्र विरोध भएको छ। त्यही निर्णयअनुरूप सरकारी अस्पतालले उपचाररत बिरामीलाई नै पैसा माग्न थालेका छन्।  मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले सम्पूर्ण खर्च बिरामीले बेहोर्नुपर्ने सूचना जारी गरेको छ। ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीले ०७७ कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बेहोर्नुपर्ने जानकारी गराइन्छ’, अस्पतालको सूचनामा लेखिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि लक्षण नदेखिएका र स्वेच्छाले परीक्षण...

Read More

आजको राशिफल : २०७७ कार्तिक ४ गते ( २०२० अक्टोबर २० ) मंगलबार

आजको राशिफल : २०७७ कार्तिक ४ गते ( २०२० अक्टोबर २० ) मंगलबार मेष काम बिनाअवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । प्रिय व्यक्तिहरुसंग भ्रमणमा गइनेछ । मनमा शान्ती छाउनेछ ।  वृष  व्यवसायमा राम्रा अवसरहरु मिल्नेछन् । वरिष्ठ व्यक्तिको सहयोगले काम बन्नेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ ।  मिथुन विद्यार्थीहरुले कडा मिहिनेत गर्नुपर्ने समय छ । रोजगारीका अवसरहरु मिल्नेछन् । अरु व्यक्तिहरुसंग निर्भर रहेर निर्णय गर्नाले समस्या निम्तिनेछ । कर्कट  कानुनी काममा सावधानी अपनाउनुपर्ने समय छ । धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ । सिंह  सरकारी...

Read More

नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७७८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।  यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।  पछिल्लो २४ घण्टामा मात्र थप १८ जनाले ज्यान  गुमाएको मन्त्रालयले जनाएको छ...

Read More

दशैँमा कोरोना गाउँसम्म पुग्ने खतरा

काठमाडौँ – दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । “दशैँ मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उनले भने, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”...

Read More

यसपाली दशैँमा डिजिटल दक्षिणा

काठमाडौँ – दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् । खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ । दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ । नयाँ नोटको अभाव हुँदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल...

Read More