Category: टप स्टोरी

काठमाडौं टावरको निर्माण यसैसाता शुरु हुने (भिडियो सहित)

काठमाडौँ । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम यसै सातादेखि सुरु हुने भएको छ । झन्डै तीन महिनाअघि नै निर्माणको काम सुरु गर्ने भनी पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारे पनि निर्माण सामग्री अभावले गर्दा काम सुरु हुन सकेको थिएन । स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालका अनुसार हाल भारतबाट सामान ल्याउने काम भइरहेको छ । एक दुई दिनमा सामान आइपुग्छ र निर्माणको काम सुरु गरिन्छ । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो” भेटुवालले भन्नुभयो । उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी...

Read More

अष्ट्रेलियामा सबैभन्दा बढी डिमाण्ड हुने र बढी तलब पाइने कामहरु

मेलबर्न । अष्ट्रेलिया अहिले अन्तराष्ट्रिय विद्यार्थीहरु मात्र होइन रोजगारीका लागि आउँनेहरुको समेत प्रमुख गन्तव्य बनेको छ । आर्थिक क्षेत्रमा हरेक वर्ष फड्को मार्दै आएको अष्ट्रेलियामा वर्षेनी कम्पनीहरुको संख्या बढेसँगै रोजगारीका अवसरहरु पनि थपिदै गएको छ । अष्ट्रेलियाको सरकारको श्रम विभागले गरेको प्रक्षेपण अनुसार सन् २०१८ को नोभेम्वरसम्ममा विशेष गरि यी कामहरुमा बढी रोजगारीको अवसरहरु सिर्जना हुनेछन् । ती काम र क्षेत्रहरु यस प्रकार छन् : १ जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको लागि स्वास्थ्य स्याहार २.सेल्स असिष्टेन्ट ३.रजिष्टर्ड नर्स ४ जनलर क्लर्क ५ चाइल्ड केयर ६ रेटेल स्टोर म्यानेजर ७ एकाउन्टेन्ट ८ एडभार्टाइजिङ म्यानेजर्स ९ इलेक्ट्रीसीयनस् १० एजुकेशन एइडस् ।...

Read More

धर्म गुरु दलाई लामा ८१ वर्षका भए,यस्तो छ उनको जीवन कथा

-मानछिरिङ तामाङ बौद्ध धर्म गुरु तेन्जिङ ग्यात्सो १४ औं दलाई लामा बुधवारबाट ८१ वर्षमा प्रवेश गरेका छन् । उनी बौद्धधर्मका आध्यात्मिक गुरू हुन । उनले आफनो जन्म दिन भारतको धर्मशालामा मनाएका छन् । उनको जन्म ६ जुलाई, १९३५ को उत्तर (पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो । दुई वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३ औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतारको रूपमा गरियो । दलाई लामा एक यस्तो पदवी हो जसको मतलव ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात रूप भएको मानिन्छन् । उनले आफ्नो मठवासीय शिक्षा छ वर्षको उमेरमा प्रारम्भ गरे ।...

Read More

कर्णालीको व्यथा : राहतको खाद्यन्न गोदामभरि,सर्वसाधारण भने भोकभोकै

काठमाडौं । गत वर्ष लामो सुख्खा खडेरीले पिल्सिएका मुगालीका बारेमा पीडितको मूल्याङ्गन प्रतिबेदन जिबिसले बुझाउन नसक्दा उनीहरु राहत पाउँनबाट बञ्चित भएका छन् । पीडितको मूल्यांकन प्रतिवेदन खाद्य संस्थानमा बुझाएपछि मात्र खडेरी पीडितले खाद्यान्न पाउने प्रक्रिया भएपनि जिबिस मुगुले कामको मूल्याङ्गन र अनुगमन रिपोर्ट नबुझाउदा पीडितले अहिले सम्म राहत पाएका छैनन् । त्यसैले जिल्लामा आएका राहत खाद्य संस्थान मुगुको गोदाममै थन्किएको छ । कर्णाली अञ्चलका मुगु, जुम्ला,डोल्पा,हुम्ला,कालीकोट जिल्लामा परेको खडेरी पीडितलार्ई ३० हजार क्वीन्टल खाद्यान्न ढुवानी गर्नको लागी १० करोड २३ लाख ८२ हजार रुपैया सरकारबाट अनुदान उपलब्ध गराइको थियो । जसमध्ये मुगु जिल्लाको लागि ७ हजार कुइन्टल खाद्यान्न दिने...

Read More

सीधै चिठ्ठी लेखेर अष्ट्रेलियाको भिसा लिन सकिने

मेलबर्न । अष्ट्रेलिया अहिले धेरै मुलुकका नागरिकहरुको रोजाईको मुलुक बन्दै आएको छ । शिक्षा,स्वास्थ्य,रोजगार र अवसरमा अब्बल मानिएकोले पनि अष्ट्रेलियामा स्थायी बसोबास गर्न चाहनेहरुको संख्या विश्वव्यापी रुपमा बढ्दो छ । त्यसमा नेपालीहरु पनि पर्दछन् । त्यसैले अहिले अष्ट्रेलियामा नेपालीहरुको पनि बाहुल्यता बढ्दैछ । यसरी अष्ट्रेलियालाई गन्तव्य बनाउँन चाहनेहरुका लागि अष्ट्रेलियाको सरकारले पनि विभिन्न भिसा नीतिहरु बनाएका छन् । इच्छुकहरुले आफू सुहाउँदो भिसा नीतिबाट आवेदन दिन सक्नेछन् । त्यसमा पनि धेरै थोरैलाई मात्र थाहा होला कि अष्ट्रेलियाको एउटा भिसा नीति यस्तो पनि छ,जुन यहाँँका मन्त्रीस्तरमा सीधै चिठ्ठी लेखेर माग्न सकिन्छ । अर्थात अप्रवासीहरुको अध्यागमन मन्त्रीले चाहेमा जसलाई जुनसुकै भिसा पनि...

Read More