Category: कार्टुन /छड्के

अष्ट्रेलियामा लकडाउनले जन्माएको म:म किङ्गडम, जसले जित्दैछ अहिले सबैको मन

कोरोना महामारी र यसले भित्र्याएको लकडाउनका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको छ। कैयौंले रोजगारी गुमाइरहेका छन् भने कैयौं साना-ठूला व्यवसायहरु बन्द हुने स्थितिमा छन् र केही त बन्द पनि भइसकेका छन्। तर यही नकारात्मक पक्षभित्र सकारात्मकताको खोजी गर्दै गर्दा निस्किएको नतिजा हो – अष्ट्रेलियाको मेलबर्नमा अहिले संचालित म:म किङ्गडम। मेलबर्नमा इभेन्ट कम्पनिको रुपमा स्थापित सोलाङ्गचर टिमले गत वर्षको जनवरी महिनामा आफ्नो व्यवसायिक क्षेत्रलाई विस्तार गर्ने उद्देश्यले रिसेप्सन भेन्यु संचालनमा ल्यायो। तर त्यस लगत्तै सुरु भएको कोरोना महामारीका कारण मार्च महिनामा उक्त रिसेप्सन भेन्यु बन्द गर्नुपर्ने अवस्था आयो। एकातिर इभेन्टको काम पनि बन्द जस्तो भयो भने अर्कोतिर भर्खरै संचालन...

Read More

अष्ट्रेलियामा नेपाली स्वाद : म:म एण्ड चिल्लिज

संसारको जुनसुकै ठाउँमा पुगेतापनि आफ्नो ठाउँको खानाको स्वाद बिर्सिन मुस्किल पर्छ । विदेशी भूमीको रेष्टुरेन्टको मेनुमा आफ्नो ठाउँको खाना भेट्दा छुट्टै खुशी मिल्छ । त्यस्तै, खानाले त्यो विशेष ठाउँको प्रतिनिधित्व गर्छ , जसले गर्दा पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्छ । र, अर्को महत्वपूर्ण पाटो भनेको समुदायको आर्थित उन्नति र उद्धमशीलता । यिनै कुराहरुलाई आफ्नो मुख्य उद्देश्यको रुपमा लिंदै यही फेब्रुअरी महिना देखि अष्ट्रेलियाको मेलबर्नमा संचालनमा आएको छ , ‘म:म एण्ड चिल्लिज रेष्टुरेन्ट’ । म:म एण्ड चिल्लिज रेष्टुरेन्ट तीन नेपाली युवाहरु विजय कुमार कार्की, सूर्य केसी, जनेश गुरुङको साझेदारीमा संचालित रेष्टुरेन्ट हो । रेष्टुरेन्ट संचालनमा ल्याउँदा हुने अप्ठ्यारो पछि संचालनमा...

Read More

अष्ट्रेलियामा समस्या पर्दा नेपाली विद्यार्थीले सम्झिने नाम : ‘टोनु दाइ’

नेपालबाट पढाइ तथा करियरको सुन्दर सपना बोकेर अष्ट्रेलिया आएका थिए टोनु घोथाने । त्यतिबेला अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले डिप्लोमा मात्र गर्ने चलन थियो । काम र समयको तालमेल आर्थिक दबाबले गर्दा विद्यार्थीहरु युनिभर्सिटीमा भर्ना भएर आफूले चाहे अनुसार पढाइलाई निरन्तरता दिन सक्दैनथे । तर टोनु घोथाने भने त्यो दबाब र चुनौतीलाई स्वीकार गर्दै युनिभर्सिटीमा भर्ना भए । त्यतिबेला नेपाली साथी र अग्रजहरुले निकै गाह्रो हुने बताउंदै आफ्नो निर्णय फेर्न सल्लाह दिएका थिए । आफूले रोजेको विषय महँगो पर्दा घोथानेले अन्य विषय रोजेर पढ्न थाले । तर उनले पढाइमा सम्झौता भने गरेनन् । पढाइलाई सधै प्राथमिकतामा राखे । चाहेको विषय पढ्न...

Read More

अष्ट्रेलियन आर्मी बन्दासम्मको त्यो संघर्षशील विद्यार्थी जीवन : विजय महर्जन

विजय महर्जनलाई आज जस्तै लाग्छ अष्ट्रेलिया आएको त्यो पहिलो दिन । सन् २००९ मा विद्यार्थी भिसामा नेपालको पाटनका उनी अष्ट्रेलियाको उडेका थिए । कक्षा १२ सम्मको पढाइ सकेपछि उनले होटल म्यानेजमेन्टको लागि नेपालमै छात्रवृत्तिमा पढ्ने निधो गरे । परिक्षामा नाम निकालेता पनि उनको लुक्स, उनको शैलीलाई कारण देखाएर छात्रवृत्ति दिइएन । अन्तर्वार्तामा जाँदा पनि भलाद्मी देखिने किसिमको पहिरन तथा शैली नहुनु उनको लागि अवरोध बन्यो । त्यसपछि विजय महर्जनले अष्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्य बनाउने निधो गरे । आफ्नो जग्गा बेचेर आएको पैसाले विजयका बुवाले उनलाई अष्ट्रेलियाको लागि बाटो खुल्ला गरिदिए । धेरै नेपाली विद्यार्थीको गुनासो, अष्ट्रेलियामा नेपालीबाट ठगिएको हुने...

Read More

अष्ट्रेलियाको न्याभ कपका संयोजक, नेपालको राष्ट्रियस्तरका पूर्वखेलाडी : प्रेम राज उप्रेती

अष्ट्रेलियामा हाल न्याभ कप २०१९ जारि छ । गत जनवरी ६ देखि सुरु भएको यो टुर्नामेन्टको आगामी मार्च ३ मा फाइनल खेल हुँदैछ । फाइनल खेलमा उपाधिको लागि नारे किंग्स र रोयल राइनोज क्रिकेट क्लब भिड्दै छन् । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया ( न्याभ ) ले आयोजना गरेको उक्त टुर्नामेन्ट व्यवस्थित र उत्साहजनक भइरहेको बताउनुहुन्छ, न्याभ कप २०१९ का संयोजक प्रेम राज उप्रेती । नेपालको कंचनपुर घर भएका उप्रेती नेपालमा रहंदा राष्ट्रिय स्तरका क्रिकेट खेलमा खेलाडी, कोच , स्वयंसेवक तथा व्यवस्थापक र क्रिकेट सम्बन्धि संघ संस्थाको सदस्य रहनुभएको थियो । आफ्नो त्यो अनुभवका कारण पनि न्याभ कप २०१९ व्यवस्थित...

Read More