Day: ७ मंसिर २०७७, आईतवार २०:५४

डा. भट्टराई दम्पती कोरोना संक्रमण मुक्त

काठमाडौँ- पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू करोनामुक्त भएको जानकारी दिएका हुन् ।  करिव एक महिना अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका छन् । उनले ट्वीटरमा यस्तो लेखेका छन्- एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त...

Read More

आन्तरिक राजस्व कार्यालय बागलुङ ‘उत्कृष्ट कर कार्यालय’ घोषित

काठमाडौँ– ९ औं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर आन्तरिक राजस्व विभागले राजस्व कार्यालय बागलुङलाई आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित गरेको छ । आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । विभागले आज उत्कृष्ट कार्यालयसँगै  उत्कृष्ट कर्मचारी र करदाता समेत घोषणा गरेको छ । विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ । तेस्रो स्थानमा भने आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको विभागले जानकारी दिएको छ । यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् । विभागले कर...

Read More

लागुऔषध प्रकरणमा पक्राउ परेका सिंह दम्पतीलाई १४ दिन थुनामा राख्न अनुमति

एजेन्सी- लागुऔषध प्रकरणमा पक्राउ परेका चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियाला अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । भारतीसँगै उनका श्रीमान् हर्ष लिंबाचियालाई लागुऔषध प्रकरणमा शनिबार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले  पक्राउ गरेको थियो । अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो । उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका...

Read More

धादिङमा कार र टिप्पर ठोक्किँदा एक जनाको ज्यान गयाे

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा आइतबार बिहान कार र टिप्पर ठोक्किँदा  एक जनाको ज्यान गएको छ । मुग्लिङबाट काठमाण्डौतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिप्पर एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका २४ वर्षीय दिपेश केसी रहेका इलाका प्रहरी कार्यालय गजुरीमा प्रमुख युवराज खड्काले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ की ३८ वर्षीया वर्षा केसी र काठमाण्डौ कलङ्कीका सुधीर सुवेदीकाे अवस्था गम्भीर रहेकाे छ। एक जनाको अवस्था भने...

Read More

बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेलगत्तै गृहमन्त्रीसँग तीन आईजीपीको छलफल

७ मंसिर, काठमाडौं बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै तीन सुरक्षा निकायका प्रमुख गृह मन्त्रालय पुगेका छन् । ओलीसँग भेटेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् । मन्त्रालयमा दिउँसो ३ बजे भएको बैठकमा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको बादलको सचिवालय स्रोतले जनायो । पहिले गृह मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई हाल प्रधानमन्त्री ओलीले आफू मातहत लगेका छन् । त्यसयता अधिकारीले प्रधानमन्त्रीलाई नै सिधै रिपोर्टिङ गर्दै आएका छन् । तर, उनी आइतबार गृहमा...

Read More