Day: ६ मंसिर २०७७, शनिबार १९:४६

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दमौली, ६ मङ्सिर तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ...

Read More

तेह्रथुमका किवी किसानलाई बजारको चिन्ता

तेह्रथुम, मंसिर ६ तेह्रथुममा परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् । उत्पादन भएरपनि बजार नपाउँदा तेह्रथुम छथर, सुदापका किवी किसानहरु यतिबेला चिन्तित बनेका छन् । गत वर्षसम्म राम्रो मूल्यमा बिक्री हुँदै आएको किवी यो वर्ष बिक्री हुने सिजन बित्न लागिसक्दा पनि बिक्री हुन सकेको छैन भने बजारमा माग पनि छैन । बगानमा लटरम्म फलेको किवी बिक्री नहुँदा सोचेजस्तो आम्दानी लिन नसकेको छथर गाउँपालिका–६, सुदापका किसान टेकबहादुर मगरले बताउनुभयो । घमाइलो तथा मलिलो माटोमा खेती हुने किवीबाट राम्रै आम्दानी लिने आशा गरेका...

Read More

झुलाघाट नाका पाँच दिनका लागि खोलिँदै

बैतडी, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आउँदो सोमबारबाट पाँच दिनका लागि खोलिने भएको छ । यही मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्मका लागि नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । उहाँले भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न सजिलो होस् भनेर नाका खोल्न लागिएको बताउनुभयो । उनीहरुले कोरोनाका कारण सीमानाका बन्द भएपछि चैत महिनायता पेन्सन बझ्न पाएका छैनन् । नाका खुलेको समयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरुलेसमेत आवत–जावत गर्न पाउनेछन् । बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नेपाली छन्...

Read More

अस्ट्रेलियाली सैनिकद्वारा ‘३९ अफगान नागरिकहरूको हत्या’

बीबीसी । अस्ट्रेलियाली सैनिकहरूले अफगानिस्तानमा ३९ नागरिकको अवैधानिक रूपमा हत्या गरेको ‘विश्वसनीय प्रमाण’ रहेको निष्कर्ष एउटा सैन्य अनुसन्धानले निकालेको छ। अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका बेला गरेका दुर्व्यवहारहरूबारे चार वर्ष लगाएर गरेको छानबिनको प्रतिवेदन सार्वजनिक भएको छ। सन् २००९ देखि २०१३ सम्म ‘बन्दी, किसान वा गैरसैनिक सर्वसाधारण’ को हत्याका घटनामा १९ बहालवाला वा पूर्वसैनिकलाई अनुसन्धानको दायरामा ल्याइनुपर्ने एडीएफको निष्कर्ष छ। केही सैनिकमा देखिएको अनियन्त्रित ‘योद्धा संस्कार’का कारण ती अपराधहरू भएको उसको भनाइ छ। उक्त छानाबिनमा सैन्य न्यायाधीश पल ब्रेरेटनले ४०० भन्दा बढी साक्षीसँग कुरा गरेका थिए। उक्त छानबिनमा यस्ता घटनाको प्रमाण पनि फेला परेका छन्: कनिष्ठ सैनिकहरूलाई...

Read More

कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद

काठमाडौं, मंसिर ६ महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला अझै यसै भन्न सकिने अवस्था छैन । पाँचपटकभन्दा बढी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर विवादका विषयमा संस्थापन र इतर समूहले छलफल गरेपनि विवाद अझै मत्थर हुन नसकेको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यता वितरण, भ्रातृसंस्थाको महाधिवेशन, विभागहरुको गठन र खारेजीलगायतका विषयमा रुमलिएको छ । कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गठन भएको विभागबाहेक अधिकांश विषयमा सहमति जुटाउने अपेक्षा गरिएको थियो । बैठकको सहमतिबमोजिम मंसिर मासान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउन...

Read More