Day: ५ मंसिर २०७७, शुक्रबार १८:३१

नशालु पदार्थ खुवाई लुट

सुर्खेत– नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् । भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर्ची मगरलाई फेला पारी खाना खुवाएको छ । मगरका परिवारजनसँंग सम्पर्क गरी परिवार जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले बताए...

Read More

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १९४५ कोरोना संक्रमित, २२ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० थियो । पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि विहीबारको...

Read More

निर्जीवनभन्दा जीवन बीमा कम्पनीको नाफामा वृद्धि

विश्वव्यापी फैलिएको कोरोना महामारीमा बैङ्क तथा वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव प्रष्ट देखिएको छ तर बीमा कम्पनीमा भने कोरोनाको प्रभाव परेको छैन। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपोर्ट प्रकाशित गर्ने बीमा कम्पनीहरुमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरु नाफामा छन् । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत आठवटै जीवन बीमा कम्पनीको नाफामा वृद्धि भएको छ। नेपाल लाइफ इन्सुरेन्सले पहिलो स्थान ओगट्दै पहिलो त्रैमासमा २२ करोड ९० लाख रुपैयाँ कमाएको छ। चुक्ता पुँजीमा पनि नेपाल लाइफकै अग्रता छ । बीमा समितिका अनुसार जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ तर यसको चुक्तापुँजी नै ५ अर्ब रुपैयाँ भन्दा बढी छ । हाल जम्मा...

Read More

अफिस जान थालेपछि पेट किन लाग्छ ?

काठमाडौं । मानिसहरु आजकाल खानामा सचेत हुन थालेका छन्। तर अधिकांश सहरवासीहरु शरीर मोटाएर हैरान देखिन्छन् । धेरैजसो व्यक्तिको शरीर जागिर जान थालेपछि बढ्ने गर्छ । यसकारण मोटाउँछन्  जागिरेहरु : डाइटिसियनहरुका अनुसार कोठाको प्रकाशले पनि व्यक्ति मोटाउने सम्भावना बढी हुन्छ। उनीहरुका अनुसार, उज्यालो ठाउँमा बस्दा कम भोक लाग्छ भने, अँध्यारो ठाउँमा बस्दा बढी भोक लाग्छ। तयसैले कोठाभित्र बसिरहँदा धेरै भोक लाग्छ र धेरै खाना खाइन्छ। अफिसमा साथीभाईसंग खाजा खाने बानी धेरै व्यक्तिको हुन्छ। यसरि खाजा खाँदा कुरै कुरामा वा साथीको करमा आफ्नो पेट भरिएपछि पनि खाना खाईन्छ। जसले गर्दा पेट बढ्छ। एकतिर काम गर्ने र त्यही सुरमा अगाडी रहेको...

Read More

उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि १२७ जनाको उम्मेद्वारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको नामावली अनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्नु हुने छ भने वरिष्ठ उपाध्यक्षसहित बाँकी पदमा निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानको उम्मेदवारी परेको छ । महासङ्घको उद्योग वाणिज्य समूह तर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र सङ्घाई र सौरभ ज्योतिको...

Read More